नेपाल-भारत सिमानामा काँडेतार लगाउन माग

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले नेपाल-भारत सिमानामा काडेतार लगाउन माग गरेको छ ।सङ्गठनको विशेष राष्ट्रिय भेलाले  लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको हो ।

अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाका निर्णयहरु सार्वजानिक गर्न बिहीबार अनामनगरको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।