बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा राजेन्द्र विष्ट

नेपालगन्ज, बाँके जिल्ला रग्वी संघको अध्यक्षमा राजेन्द्र बिष्ट चयन भएका छन् ।रग्वी संघ लुम्बिनी प्रदेश संयोजक नविन थापाको रोवरमा भएको भेलाबाट विष्टलाई बाँके जिल्ला अध्यक्षमा चयन गरिएको हो

यस्तै संघको उपाध्यक्षमा खेम बुढा क्षेत्री र सुनिल बटाला, सचिवमा हरेन्द्र वि.क, कोषाध्यक्षमा चरित्र बहादुर शाही चयन भएका छन् । साथै सदस्यहरुमा मनोज बुढा, प्रतिक चौलागाई, प्रवेश वि.क., बसन्त शाही, सृष्टी रोका र रुपा खड्का चयन भएका छन् ।