बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा राजेन्द्र विष्ट
प्रकासित मिति : २०७९ असार १६, बिहीबार ११:२१
प्रकासित समय : ११:२१
नेपालगन्ज, बाँके जिल्ला रग्वी संघको अध्यक्षमा राजेन्द्र बिष्ट चयन भएका छन् ।
रग्वी संघ लुम्बिनी प्रदेश संयोजक नविन थापाको रोवरमा भएको भेलाबाट विष्टलाई बाँके जिल्ला अध्यक्षमा चयन गरिएको हो
यस्तै संघको उपाध्यक्षमा खेम बुढा क्षेत्री र सुनिल बटाला, सचिवमा हरेन्द्र वि.क, कोषाध्यक्षमा चरित्र बहादुर शाही चयन भएका छन् । साथै सदस्यहरुमा मनोज बुढा, प्रतिक चौलागाई, प्रवेश वि.क., बसन्त शाही, सृष्टी रोका र रुपा खड्का चयन भएका छन् ।

