अखिल (क्रान्तिकारी) को अध्यक्षमा मिलन राई

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको भेलाला मिलन राइको अध्यक्षता ७६ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ ।जसको उपाध्यक्षमा बिरेन्द्र शाह, महासचिवमा रुपा बुढा मगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दिपक बिष्ट चयन भएकाछन ।

असार १२ गते सनराइज स्मृति दिवससको दिन उद्धघाटन भएको भेलाको उद्धघाटन नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ गरेका थिए ।

बन्द सत्रको अन्तिम दिन नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’, पार्टी प्रवक्ता सुदर्शन, सचिवालय सदस्यहरु दिपक चलाउने, गुणराज लोहनी, पुर्ण बहादुर सिंह र नयन सहित केन्द्रिय समितिका नेताहरुको उपस्तिथि रहेको थियो ।