एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।  बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुनेछ ।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या र आगामी कार्यदिशाबारे उल्लेख छ । बैठकमा सहभागीहरुले डा. वेदुराम भुसालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नेछन् ।