संघ र प्रदेशको निर्वाचनपछि ओली राष्ट्रपति प्रचण्ड प्रधानमन्त्री !

के संभव छ एमाले – माओबादी कार्यगत एकता ?

काठमाडौँ, नेपाली राजनीतिमा नाटकीय रुपले घटनाक्रम विकास हुन्छन । कयौँ घटनाक्रम हामीले कल्पना नगरेका ठाउँमा पुग्छन । पछिल्लो चरणमा नेपाली राजनिति त्यस्तै ढंगले अगाडी बढिरहेको छ । स्थानीय निकायको निर्वाचनमा ५ दलिय गठबन्धन गरेको सत्तारुढ गठबन्धन संघ र प्रदेशको निर्वाचनमा के हुन्छ कसैले भन्न सकिने अवस्था छैन । वर्तमान सत्तारुढ गठबन्धन बाहय रुपमा मजबुत देखिय पनि काँग्रेसको आन्तरीक किचलोका कारण कमजोर बन्दै गइरहेको सार्बजनिक बहसहरु हुदै गईरहेका छन । प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने संभावना बलियो बन्दै गइरहेको छ । माओबादी भित्रका केहि नेताहरु बर्तमान सत्तारुढ गठबनधन बचाउमा छन भने केहि नेताहरु बाम गठबन्धन गनुपर्ने अडानमा छन ।आगामी कात्तिक वा मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने तयारी छ । 

 

नेकपा (माओवादी केन्द्र)भित्र पार्टीको राजनीतिक बाटोलाई लिएर दुई धार देखा परेको छ । नेपाली कांग्रेससँगकै सहकार्यमा अगाडि बढ्ने वा फेरि नेकपा एमालेसँगै मिलेर जाने भन्नेमा नेताहरू दुई धारमा देखिएका हुन् ।  उच्च राजनितिक स्रोतका अनुसार बाम गठबन्धन चाहाने नेताहरु अन्तत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति र पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निश्कर्षमा पुगेको उच्च स्रोतले बताएको छ ।

एक उच्च राजनितिक स्रोतका अनुसार वर्तमान समिकरणलाई परिर्बतन गर्दै आउदो संघ र प्रदेशको निर्वाचनपछि अर्को समिकरण हुने संभावना बढेको छ । स्रोतका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेसंगै यो संभावना बाहिरिएको हो । ‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना प्रचण्डले आफुमा रहेको बताए थिए । त्यस्तै पछिल्लो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोली परिर्वतन गर्न थालेका छन ।

आसन्न दुवै चुनावमा एमाले माओवादी लगायत बामघटक शक्तिहरुबिच गठवन्धन गर्ने सहमति भएको बताइएको छ । यसका लागि उच्च तहका नेताहरुसंग राजनितिक छलफल चलिरहेको बताइएको छ ।
संविधान जारी भएलगत्तै केपी ओलीको नेतृत्वमा यी दुवै पार्टी सम्मिलित सरकार बन्ने क्रममै कम्युनिस्ट पार्टीहरु एक भएर जानुपर्छ भन्नेबारे छलफल भएको थियो। संविधान जारी हुँदा र नाकाबन्दीको समय राष्ट्रियताको मुद्दामा दुवै पार्टी एकै ठाउँमा उभिएकाले पनि चुनावी गठवन्धनदेखि पार्टी एकतासम्म गरेर जानुपर्ने कुरा त्यही बेला उठेको थियो। भारतीय ‘थिचोमिचो’ ले यी दुई वामशक्तिलाई एकअर्काको नजिक बनाएको थियो।

नेपालमा कम्युनिस्ट पार्टीहरू विभाजित रहेकाले लेफ्ट भोट’को बहुमत हुँदा हुँदै धेरैजसो समय नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको अनुभूतिले पनि एमाले र माओवादीलाई एकताको खाँचो बोध गराएको नेताहरू बताउँछन्।

असार १५ गते माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा राजनीतिक घटनाक्रम लगायत स्थानीय तहको चुनावबारे समीक्षा हुने छ । एक नेताका अनुसार आगामी निर्वाचनको सहकार्यको विषय पनि केन्द्रीय कमिटी बैठकमा प्रवेश हुने सम्भावना छ ।