एसपीपी अस्वीकार गरेपछि नेपालसँग चीन खुसी

काठमाडौँ ,उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा नेपालको निर्णयको स्वागत गरेका हुन् ।

‘नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ’ प्रवक्ता वाङ् वेनबिनले पत्रकारको प्रश्नमा भनेका छन्,’चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।’

एसपीपीमा बृहत् विवाद भएकोबारे चीन जानकार रहेको पनि बताएका छन्। ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन्’, प्रवक्ता वेनबिनले भनेका छन्, ‘उनीहरू यसलाई राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मान्छन्।’