भारतको किन्नौरमा जाजरकोटका एक युवा सम्पर्क बिहिन

सुर्खेत,भारतमा जाजरकोटका एक युवा छ दिनदेखि सम्पर्क बिहिन भएका छन । बारेकोट गाउँपालिका १ रामिडाडा स्थायी घर भएका बर्ष ३८ का अमृत पुन भारतको रिकान पिउ नजिजबाट ब्यपत्ता भएका हुन ।घरबाट नेपालगन्ज पुग्दासम्म सामान्य रहेका पुन नेपालगन्ज पुगेलगतै केही असजिलो महसुस गरेको जस्तो देखिन्थे । त्यस्तै असजिलो महसुस गरिरहेकै अबस्थामा भारतको किन्नौरको पिउ पुगेर उनि सम्पर्क बिहिन भएको उनिसङ्गै गएका साथि अजय पुनले बताए ।पुनका अनुसार उनि राति दौडेर भागेको र छ दिनसम्म सम्पर्कमा नआएको र खोजि कार्य जारि रहेको जानकारी दिए । भारतको प्रहरी समक्ष जानकारी गराएपनि केही वास्ता नगरेको उनको गुनासो पोख्दै नेपाल सरकार तथा सबैमा खोजिदिन आग्रह समेत गरे ।