रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ, संचारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ुराष्ट्रिय स्वतन्त्र पार्टीु निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, । अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।
यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा राइट टु रिकलुको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन । उनको पार्टीको चुनाव चिन्ह घण्टा रहेको छ ।