दया संग्रह

कविता

यो धर्तिमा बस्नकोलाई मानिस मात्रै हैन
पशुपक्षिंहरुको अधिकार नै छैन
चाहे सुतुन पानी मुनि चाहे सुतुन बनमा
चाहे बसुन घर गोठमा डरै डर छ मनमा ।यिनको पनि छोराछोरी यिनको पनि घर छ
जतातिर हेरेपनी उतै तिर डर छ
रातैभरी सुत्नु छैन दिनमा हिड्नु छैन
यस युगको धार्मिक साथी साचो होकि हैन ?

नातापाता कुलकुटुमा यिनको कोहि छैन
यस्ता खालका प्राणीलाई हाम्रो माया छैन
इश्वरको सृष्टिभित्र हामी सबै पर्छम
धर्म मात्रै खोजी गर्छौ कर्म यस्तो गर्छम ।

दशै आयो तिहार आयो यिनलाई शुख छैन
यस्तो खालको अन्याय हाम्ले गर्ने होकि हैन ?
बाचा बाधम इश्वर सित पश्चताप गरम
हामी जस्तै प्राणी हुने इश्वर सितै डरम ।

पुजा गर्ने धर्मकर्म हुन्छन दिनैराती
सारै दुख पाउदैछन पशुपक्षिं जति
संसारमा कानुन बने यिनको लागि छैन
साचो भन्नुस धार्मिक साथि सहि होकि हैन ?

रुन्छ पशु आँसु झारी खोज्छ गुहार कति
निकै हास्न लागेका छन मासु खाने जति
रगत जति घाटी बाट बग्यो बाटा माथी
आँसु जति पुगेछ स्वर्ग लोकमा कति ।

जमिन माथी उड्ने गिद्द बुद्दिमानी रहिछ
धर्मकर्म गर्ने मानिसको विवेक विचार खै त?
गिद्द भन्छ प्राण छदा मासु खादै खान्न
जिवित प्राण हुदा सम्म मासु खान जान्न

स्वर्ग जान मानिसलाई साह्रै इच्छा भयो
फेर्न पर्ने विचार चाहिँ जाको त्यही रह्यो
जानुपर्ने नारायनघाट त गयौ धनगढी
सत्य बाटो छोडे पछि पुग्छम कसो गरि ।

आयो मानिस यो धर्तिमा धर्म गर्नु छैन
धर्म न्याय गर्ने काम मानिसको हैन ?
आउछ खाली जान्छ खाली लाने केही छैन
भित्र आँखा खोली हेर्नुस सहि छ कि छैन?

मानिसले न्याय गर्छ सत्य छ दै छैन
न्याय गर्ने अधिकार मानिसको हैन
इश्वर भन्दा न्याय गर्ने अपुर कोहि छैन
साचो कुरा सुनाउछु सहि होकि हैन ?

जंगलमा बाघ आयो कर्म गरि खान्छ
आफ्नो भोजन जुटाउन आफू एक्लै जान्छ
साथी संगि नलियर आफू मात्रै जान्छ
दुख मिहेनत निकै गर्छ मासु मात्रै खान्छ ।

पृथ्वीमा सृष्टि भयो नाम रह्यो साप
न मारम है सापलाई ठूलो पाप लाग्छ
घर दुवार छ दै छैन साप पनि हेर
सापलाई हेरिकन काचुलिनि फेर ।