देउवा सरकार अमेरिकी साम्राज्यवादको कठपुतली बन्यो – मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का नेता मिलन राईले बर्तमान देउवा सरकारलाई अमरिकी साम्राज्यवादको कठपुतली भएको आरोप लगाएका छन् ।सङ्गठनका केन्द्रिय संयोजक समेत रहेका नेता राईले बुधबार एक विज्ञप्ति जारी गर्दैँ अमेरिकी षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृति दिने शेरबहादुर देउवा सरकार साम्राज्यवादको दलाल र कठपुतली भएको पुनः पुष्टि भएको आरोप लगाउदै उनले राष्ट्रियताजस्तो अति संवेदनशील विषयलाई हल्का ढङ्गले लिई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) १० बुँदे सम्झौता नगर्न गम्भीर चेतावनी समेत दिदैँ अमेरिकी साम्राज्यवादी हस्तक्षेपको कडा प्रतिवाद गर्न समेत आह्वान गरेका छन् ।

उनले विज्ञप्तिमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका जर्नेल चाल्र्स एन्थोनी फिलिनले नेपालको विशेष भ्रमणका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गरी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को १० बुँदे राष्ट्रघाती सम्झौता प्रस्ताव गरेको विषयले अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

संयोजक राईले विज्ञप्तिमा भनेका छन्, ‘एसपीपी सम्झौतामा भएको दफा र पछिल्ला घटनाक्रमले राष्ट्रघाती MCC सम्झौतामार्फत नेपाललाई हिन्द–प्रशान्त रणनीतिको अङ्ग बनाएको पुष्टि गर्दछ । यसले नेपालको सार्वभौमिकता, पञ्चशीलको सिद्धान्तलगायत नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्धमा धावा बोलेको छ । चीन र भारतजस्ता विशाल मुलुकका बीचमा अवस्थित हाम्रो नेपालका लागि यो सर्वाधिक घातक छ । यसप्रकारको अमेरिकी हस्तक्षेप र षड्यन्त्रको अखिल (क्रान्तिकारी) घोर विरोध र भत्र्सना गर्दछौँ ।’

साथै विज्ञप्तिमा ‘नेपालका दलाल शासकहरूले अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेर नेपाललाई साम्राज्यवादको युद्धको क्रीडास्थल बनाउन स्वीकृति दिने कुरा अखिल (क्रान्तिकारी) लाई किमार्थ सह्य छैन । अमेरिकी षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृति दिने शेरबहादुर देउवा सरकार साम्राज्यवादको दलाल र कठपुतली भएको पुनः पुष्टि भएको छ । राष्ट्रियताजस्तो अति संवेदनशील विषयलाई हल्का ढङ्गले लिई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) १० बुँदे सम्झौता नगर्न गम्भीर चेतावनी दिन चाहन्छौँ । सम्झौतामा हस्ताक्षर गरेर नेपाललाई साम्राज्यवादी युद्धको क्रीडास्थल बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) कडाभन्दा कडा सङ्घर्ष गर्न बाध्य हुनेछ । एमसिसी र एसपिपी सम्झौतामार्फत भइरहेको अमेरिकी साम्राज्यवादको हस्तक्षेपको कडा प्रतिवाद गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, युवा–विद्यार्थी, बुद्धिजीवीलगायत आमजनसमुदायलाई अखिल (क्रान्तिकारी) हार्दिक अपिल गर्दछ ।’

यस्तो छ विज्ञप्ति