मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ बाँकेका सिडियो खत्रिलाई ज्ञापनपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय जिल्ला मौलाउदैँ गरेको मिटर व्याजीहरु विगविगीलाई नियन्त्रण गर्न र यसमा संलग्न जोेसुकैलाई कारबाहीको माग गर्दैँ सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेका संयोजक परिवर्तन र जिल्ला इन्चार्ज अनन्त क्षेत्रिद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा नेपाली श्रमिक वर्गको पसिना निचोरेर अवैधानिक र अत्याचार पूर्ण तरिकाले कालो धनलाई सेतो बनाउने कार्य अर्न्तगतको एउटा प्रमुख धन्दा मिटर ब्याज देशका सबै सहरहरूमा आक्रान्त भएर मौलाएको तथ्य सर्ववित्तितै रहेको बताइएको छ । साथै यसखाले अपराधपूर्ण कार्यमा अधिकांस महिलाहरु फस्ने गरेको तथा कयौले अत्माहत्या समेत गरेका दृष्टान्त घटनाहरु नेपाली समाजले पटक पटक ब्यहोरेको छ । यसखाले कुकर्मबाट बाँके बासी जनता पनि पछिल्ला वर्षहरुमा निकै पिडित रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

उक्त ज्ञापनपत्रको अघाडी भनिएको छ ‘हाम्रो पार्टी यो आर्थिक एवं सामाजिक अपराध कार्यको सधा विरोध गर्दै आईरहेको छ । परिणामत हाम्रो पार्टी समक्ष पिडितहरुका थुपै गुनासाहरु आईरहेका छन् । पार्टीले यसलाई सामाजिक न्यायका आधारमा सहजिकरण गर्दै आईरहेको छ ।’

ज्ञापनपत्रको अन्त्यमा ‘बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सविता गिरीले आफ्‌नो टोल छिमेकमा रहेका दर्जनौ दिदीबहिनी हरुलाई विभिन्न बैंकहरु संग समेतको मिलेमतो गरी प्रलोभन, धम्की आदी प्रयोग मरेर लाखौको रकम ठगी गरेको पिडितहरुले पार्टी समक्ष निवेदन गरेका छन् । निज सविता गिरीले खाली चेकमा पहिले नै हस्ताक्षर गर्न लगाई र पछि आफु खुसि रकम भरी चेक बाउन्स गरी दर्जनौको उठिबास लगाएको पिडितहरुले बताएकाछन् । यो अपराध पूर्ण कार्य रोक्न एवं पिडितलाई न्याय प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई गम्भिर ध्यानाकर्षण गराउदछौं।’

यस्तो छ ज्ञापनपत्र