पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी

पोखरा, पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी भएको छ । पोखरा युनिभर्सिटी क्रिकेट क्लब(पियुसिसी) को आयोजनामा भएको ७ ओभरको खेलमा पोखरा च्यालेन्जर्स विजयी भएको हो ।दि ट्रेलब्लाजर र पोखरा च्यालेन्जर्स बिच शनिबार भएको ७ ओभरको खेलमा ट्रेलब्लाजर ३२ रनले पराजित भएको हो ।प्रतियोगितामा पोखरा च्यालेन्जर्सले दिएको ८६ रनको लक्ष्य पछ्याएको दि ट्रेलब्लाजरको पुरै टोली ५४ रनमा नै अलआउट भएपछी पोखरा च्यालेन्जर्सको जित पक्का भएको हो । विजेता पोखरा च्यालेन्जर्सलाई हङकङ वियुटी इन्सिचियुट प्रालिको पनि सहयोग रहेको थियो ।