पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी
प्रकासित मिति : २०७९ जेष्ठ २८, शनिबार २२:४७
प्रकासित समय : २२:४७
पोखरा, पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी भएको छ । पोखरा युनिभर्सिटी क्रिकेट क्लब(पियुसिसी) को आयोजनामा भएको ७ ओभरको खेलमा पोखरा च्यालेन्जर्स विजयी भएको हो ।दि ट्रेलब्लाजर र पोखरा च्यालेन्जर्स बिच शनिबार भएको ७ ओभरको खेलमा ट्रेलब्लाजर ३२ रनले पराजित भएको हो ।
प्रतियोगितामा पोखरा च्यालेन्जर्सले दिएको ८६ रनको लक्ष्य पछ्याएको दि ट्रेलब्लाजरको पुरै टोली ५४ रनमा नै अलआउट भएपछी पोखरा च्यालेन्जर्सको जित पक्का भएको हो । विजेता पोखरा च्यालेन्जर्सलाई हङकङ वियुटी इन्सिचियुट प्रालिको पनि सहयोग रहेको थियो ।