जाजरकोटको शैक्षिक सुधारका लागी क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शैक्षिक सुधारको लागि विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ ।शैक्षिक सुधारको लागी पाँच बुदामा समेटिएको उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय जाजरकोट र भेरी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखालाई बुझाइएको हो । सङ्गठनका जाजरकोट जिल्ला संयोजक दिपेन्द्र सिंहद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लामा रहेका निजि तथा सरकारी विद्यालयहरुमा थुप्रैखालका समस्या रहेको बताएको छ ।

उनले निजि तथा सरकारी विद्यालयले भर्ना शुल्क र अन्य विभिन्ना बहानामा अभिभावकलाई असर पर्ने गरी विद्यार्थीबाट महङ्गो शुल्क लिने गरेको पाईएको छ। यसलाई रोक्न र लिएको रकम यथासि फिर्ता गराउन पहल गर्न, विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध नहुनु, विद्यालयले पनि त्यति चासो नदेखाउने, शिक्षककहरुले विद्यार्थीको भविश्यको चिन्ता नलिने जस्ता कार्य भैरहेकोले यसमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

साथै उनले उक्त ज्ञापनपत्रमा महिनौ सम्म विद्यालयमा उपस्थित नहुने खेताला शिक्षक राखेर विद्यालय संचालन गर्ने जस्ता हर्कत हुँदै आएकाले आवश्यक छानविन गरि त्यस्ता शिक्षकलाई तत्काल कार्वाहीको माग गरेका छन् ।

त्यस्तै शिक्षक विद्यालयमा पढाउन छोडेर राजिनामा नदिएरै राजनितिमा लागेका शिक्षकलाई तत्काल छानविन गरि कार्वाही गरियोस्, शिक्षा क्षेत्रमा हुने तमाम खालका समस्यालाई न्यूनीकरण गर्नका लागि प्रत्येक महिनामा अनुगमन गर्ने वातावरणको सृजना गर्न समेत विद्यार्थी नेता सिंहद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै उनले उल्लेखित मागको तत्काल सुनुवाई नगरिएमा सङ्गठन कडा संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यस्तो छ मागपत्र