सिभिल अस्पतालमा बन्यो माओवादी निकट स्वास्थ्यकर्मी संगठन

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले सिभिल अस्पतालमा तदर्थ समिति गठन गरेको छ । महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको हो ।

कमिटीको अध्यक्षमा दिनेश पन्त, उपाध्यक्षमा सन्दिप तिवारी, सचिवमा तिलक खड्का, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा हेमराज अधिकारी(मनिष), सहकोषाध्यक्षमा सुवास न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रमेश विक, मनिता शर्मा, एसिना आरसी, जानुका रिजाल, हेमराज भण्डारी, सकुन्तला बन्जाडे र ज्याङ्गबु शेर्पा चयन भएका छन् भने कमिटीको सल्लाहकारमा प्रदिप शर्मा चयन भएका छन् ।
पार्टीका केन्द्रिय सदस्य, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण संगठनका इन्चार्ज कल्पना धमलाको प्रमुख आतिथ्यता र दिनेश पन्तको अध्यक्षतामा कमिटी गठन गरिएको थियो ।