अखिल क्रान्तिकारी गण्डक ब्युरोको विशेष बैठक सम्पन्न

कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गण्डक ब्युरोको विशेष बैठक सम्पन्न भएको छ ।बिहिवार कास्कीको पोखरामा राष्ट्रिय भेला आयोजक समिती सदस्य तथा गण्डकी प्रदेश समन्वय समिती इन्चार्ज डिबी शाहीको अध्यक्षता, अखिल (क्रान्तिकारी) विशेष राष्ट्रिय भेला आयोजक समिती सदस्य कार्यालय सदस्य तथा कमाण्ड इन्चार्ज दिपक बिष्ट, नेकपा (बहुमत) नवौं महादिवेशन आयोजक समिती सचिवालय सदस्य तथा गण्डक प्रदेश इन्चार्ज रुपेश र गण्डकी प्रदेश विद्यार्थी फ्याक्सन इन्चार्ज सुजनको उपस्थितिमा बसेको विशेष बैठकले महत्त्वपूर्ण दुरगामी निर्णय सहित बैठक सम्पन्न गरेको बताइएको छ ।वैठकले गण्डकी प्रदेशका बिभिन्न जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्या र त्यसको समाधान, एमसिसी लगायतका राष्ट्रघाती सम्झौता र जनताको प्रत्येक्ष जीवन संग जोडिएका जनजिविका लगायतका बिभिध बिषयमा संघर्ष केन्द्रित गर्ने अखिल (क्रान्तिकारी) विशेष राष्ट्रिय भेला आयोजक समिती सदस्य तथा कास्की जिल्ला इन्चार्ज कमला परियारले जानकारी दिनुभयो ।?त्यस्तै बैठकले आउँदो असार १२ गते देखी १४ गते सम्म काठमाडौं सम्पन्न हुन लागेको सङ्गठनको विशेष राष्ट्रिय भेलाको लागी आवस्यक तयारी गर्ने समेत निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।नेत्र विक्रम चन्द ‘विप्लव’, खड्क बहादुर विश्वकर्मा लगायतका नेताहरु संसदीय भासमा फसेको भन्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’, को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुर्नगठन गरिएको छ ।