भेरी रोक्कर्सको छिमेकी देश भारतमा तहल्का

नेपालगन्ज, भेरी रोक्कर्सको क्रिकेट क्लब नेपालगन्जको चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भैसकेको छ । रुपैडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।यस अघिको भएको पहिलो खेलमा बहराईच र दोस्रोमा रुपैडिहा लाई पराजित गर्दै भेरी रकर्स सेमि फाईनलमा प्रबेश गरेको हो । जारी खेलको ब्यवस्थापन रुपैडिहाका पुर्व प्रधान जुबेर फारुकी र आलमले गरेका छन् ।

नेपालगन्ज तर्फ बाट मो.साजिद खानको नेतृत्वमा प्रनित थापा मगर, रोशन कुसा, सिधाान्त राज शाही, समसुद्दिन अन्सारी, साहिद अन्सारी, हसन खान, निजामुद्दिन खान, नदिम शेख, बसत खत्री, सैजाद राई, बिपुल मिश्रा, वारिस खान, साद खान रहेका छन ।

टोलि प्रमुख खानले आफूहरुलाई यस खेलमा सहभागी हुनका लागि पुर्वमन्त्री तथा प्रतिनिधि सभा सद्स्य मोहम्मद ईस्तियाक राई र नेपालगन्ज ८ का वडा अध्यक्ष बिबेक बाजपेयीले आर्थिक सहयोग गरेको बताउदैँ नयाँ स्थानीय सरकारलाई खेलाडिहरु प्रोत्साहित गर्नका लागि सरकारले बिशेष योजना र बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको छ।

अगामी जुन ३ मा सेमिफाइनल र जुन ४ मा फाइनल रहेको टिमको नेतृत्वदायी भुमिका निर्वाह गर्ने साजिद खानले बताएका छन् ।