अखिल क्रान्तिकारीले असारमा विशेष राष्ट्रिय भेला गर्दैँ

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला असारमा हुनेभएको छ । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दैँ जेठ ११ र १२ गते बसेको सङ्गठनको केन्द्रीय समितीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

उक्त बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरी ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौ’ भन्ने नाराका साथ भेलाको आयोजना गरिने उक्त सङ्गठनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संर्घष गर्ने, जेल जीवन बिताइरहेका विकास राईलगायतको रिहा, जनक शिक्षा सामाग्री केन्द्रको बेथिति र भ्रष्टाचारको छानबिन, समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका माग पनि सङ्गठनले अघि सारेको छ ।

साथै महंगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुको साथै आयल निगममा विभिन्नबहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न समेत माग गरेको छ ।

यसैगरी, आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारवाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्नुपर्ने लगायतका मागहरु क्रान्तिकारीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

नेत्र विक्रम चन्द, खड्क बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरु पुर्न उही संसदीय दलदलमा फस्न गएको भन्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’, हेमन्त प्रकाश वली, ‘शुदर्शन’, जनमुक्ति सेनाका पुर्व कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’, गुणराज लोहनी लगायतका प्रभावसाली नेताहरुले विप्लव-प्रकाण्डवाट सम्बन्ध बिछेद गरेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुर्नगठन गरेका छन् ।

यस्तो छ विज्ञप्ति