बिजुली बेचेर नेपाल धनी बन्ने कुरा वाहियात हो : राम कार्की

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने ठोकुवा गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता कार्कीले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताए । 

‘नेपालले आफ्नै मुलुकभित्र विजुली पुर्याउन सकेको छैन । घर–घर चुलो चुलोमा बिजुली पुर्याउन सकेको छैन । यस्तो अवस्थामा कसरी बेच्ने ? प्रतिप्रश्न गर्दै नेता कार्कीले भने बरु स्वदेशी खपत बढाउँ । डाँडा डाँडामा विद्युतीय रोपवेको सञ्चालन गरौं, औद्योगिक विकास गरेर त्यता विजुली खपत बढाऔं । ग्यासको प्रतिस्थापनका लागि खाना पकाउन बिजुलीको प्रयोग बढाऔं’ उनले भने । तर बिजुली बेचेर धनी बन्ने सपना भने नपाल्न नेता कार्कीले सरकारलाई सुझाव दिए ।