अखिल क्रान्तिकारीद्धारा सहिद प्रज्वलको स्मृति दिवस सम्पन्न

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) आयोजनामा सहिद प्रज्वल शाहीको स्मृति दिवस मनाइएको छ ।बुधबार देखी काठमाडौंमा आयोजित सङ्गठनको केन्द्रीय समितीको बिशेष बैठकको अवसरमा २०७६ जेठ १२ गते आजकै दिन सहिद भएका प्रज्वल शाहीको तेस्रो स्मृति दिवस मनाइएको हो ।उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ र पार्टी प्रवक्ता हेमन्त प्रकाश वलि ‘शुदर्शन’ ले महान सहिदको सपना मर्न नदिने र क्रान्तिको बाटोमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा सहिद प्रज्वलकी बहिनी मनिशालाई अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सहभागी सबैले सहिद प्रज्वलको फोटोमा माल्यार्पण सहित अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।त्यस्तै कार्यक्रमका अन्य अथितिहरुमा विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज पुर्ण बहादुर सिँह, अखिल (क्रान्तिकारी) केन्द्रीय संयोजक मिलन राई, सह-संयोजकद्धय बिरेन्द्र शाह, रुपा बुढामगर लगायतका पार्टी तथा विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।