अनेरास्ववियृ क्रान्तिकारी पुर्नगठन, संयोजकमा मिलन राई

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को संयोजकका मिलन राई चयन भएका छन् ।अनेरास्ववियू (क्रान्तिकारी) को बुधबार देखी सुरु भएको केन्द्रीय समितीको विशेष बैठकले सङ्गठनको केन्द्रीय संयोजकमा मिलन राई, र सह-संयोजकमा बिरेन्द्र शाह र रुपा बुढामगरलाई सर्वसम्मत चयन गरेको हो ।

तत्कालीन पार्टी महासचिव विप्लव संसद्‌वादी संशोधनवादमा फसेको भन्दैँ उनलाई कारबाही गरेर धर्मेन्द्र बास्तोला ‘कन्चन’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुनर्गठन भएको थियो ।

विद्यार्थी आन्दोलनमा बौद्धिक तथा इमानदार छवि बनाएका राई सङ्गठनमा तत्कालीन महासचिव समेत हुन् ।