कोहलपुरका नव निर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

कोहलपुर, कोहलपुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।सपथ ग्रहण कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नव निर्वाचित प्रमुख पुर्ण प्रसाद आचार्यले उप-प्रमुख संगिता सुवेदी र १५ वटै वडाका वडाध्यक्ष, सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, कोहलपुरका विभिन्न राजनीतिक दलहरू, व्यवसायी, नगरपालिकामा कार्यरत कर्मचारी, निर्वाचन आयोगका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।