सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।