निवर्तमान गाउँपालिका अध्यक्षलाई पराजित गर्दैँ ढुङ्गेश्वरमा एमालेका केसी विजयी

दैलेख, दैलेखको ढुङ्गेश्वर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुन्दर कुमार केसी विजयी भएका छन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर मल्ललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित गाउँपालिका अध्यक्ष केसिले ३४०६ मत प्राप्त गरेका हुन् । साथै उनका प्रातिद्धन्दी निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर मल्लले ३३३६ मत प्राप्त गरी पराजित भएका हुन् । ढुङ्गेश्वर गाउँपालिका नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ । आफ्नो पकड क्षेत्र मानिएको स्थानमै हार बेहोर्नाले स्थानिय राजनितीमा हलचल पैदा भएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालकी उम्मेदवार कलावती न्यौपानेले ३५७७ मत प्राप्त गर्दै जित हात पारेकी छन् । उनि संग नेपाली कांग्रेसकी उम्मेदवार एलिजा कुमारी थापा केसीले ३१५२ ले मत प्राप्त गर्दैँ उनी संग पराजित भएकी हुन् ।