ढुङ्गेश्वर गाउँपालिका ३ को वडाध्यक्षमा एमालेका कृष्ण खत्री विजयी

दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा एमालेका कृष्ण खत्री विजय भएका छन् ।कांग्रेसको अखडाको रुपमा चिनिएको उक्त स्थानबाट नेकपा एमालेबाट उम्मेदवार बनेका खत्रीको पुरै प्यानल बिजय भएको हो ।उनले नेपाली कांग्रेसका उम्मेदवार उदयराम न्यौपानेलाई ११९ को मतान्तरमा पराजित गरेका हुन् ।निर्वाचित वडाध्यक्ष खत्रिले ५४९ मत ल्याउदा उनका प्रतिद्धन्दी कांगेसका न्यौपानेले ४३० मत प्राप्त गरेर पराजित भएका हुन् । उनी यस अघिका वडाध्यक्ष समेत हुन् ।त्यस्तै महिला सदस्यमा सपना केसी, दलित महिला सदस्यमा कमला बिक, खुला सदस्यमा कर्ण बहादुर रावल र नारायण बुढामगर निर्वाचित भएका हुन् ।