कोहलपुरमा लामो दुरिको बसपार्क टर्मिनल भवनको उट्घाटन

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकाद्वारा नव निर्मित लामो दुरिको बसपार्क टर्मिनल भवनको समुट्घाटन भएको छ।इकोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिलालेखको पर्दा खोलेर निर्माणधिन भवनको उट्घाटन गरेका हुन् ।

समुट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुरमा गौरवको योजना भएको बताए । उनले कोहलपुर अब पर्यटकीय क्षेत्रमा अगाडी बढ्ने बताउदैँ आफुले कार्यकाल सम्हालेबाट कोहलपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरेर भ्युटावरको निर्माण गरेको र लामो दुरिको बसपार्क टर्मिनल भवनको पनि उट्घाटन गरेको बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलहरू र निर्माण व्यवसायीको उपस्थिति रहेको थियो ।