भरतपुरमा रेनु दाहालको अग्रता कायमै

चितवन, चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी छन्।पछिल्लो मतगणना अनुसार उनी ६३ मतले अगाडि देखिएकी छन्।

१८४४७ मत गनेर सकिँदा रेनुले ६१७० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ६०८० मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७५२४ मत पाएका छन्।

त्यस्तै एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ४९९२ मत पाएकी छन्।

अहिले भरतपुर -५ मा मतगणना भइरहेको छ।