कालिकोटको पलाता गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं, कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत ल्याएर पराजित भए ।

यस्तै उपाध्यक्षमा पनि माओवाज्दी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाइन् । यस गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले नै जितेको थियो ।