कोहलपुर २ मा नेपाली कांग्रेसका कठायत सहितको पुरै प्यानल विजयी

कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजय भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका हरि कठायतको पुरै प्यानल निर्वाचित भएको छ । जसमा महिला सदस्य तारादेवी सिंह, दलित महिला सदस्यमा बस्मती विश्वकर्मा, खुला सदस्यमा पुरण थारु र विरेन्द्र विक्रम शाही सहितको प्यानलले विजय हासिल गरेका छन ।

निर्वाचित वडाध्यक्ष कठायतले १८०५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण बहादुर बिसीले १५३५ मत प्राप्त गरेर पराजित भएका छन। उनी यस अघिका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

अब केही बेरमै कोहलपुर १४ को मतगणना जारी हुने निर्वाचित अधिकृत तिर्थ राज भट्टले कुशे न्युजलाई जानकारी दिएका छन् ।