जानकी गाउँपालिका २ मा माओवादीका चन्द्रीका प्रसाद गुप्ता निर्वाचित

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता निर्वाचित भएका छन् ।बर्मा ८ सय ७५ मत ल्याएर आफ्ना नकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार बर्मालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका हुन ।

उनका प्रतिद्वन्द्वी तथा कांग्रेसका उम्मेदवार बर्माले ७ सय ८४ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार किशोर थापाले ६ सय ६३ मत, राप्रपा(हलो) का उम्मेदवार तिर्थ राम कुर्मीले ९ मत र जनमत पार्टीका राम शुहावन अहिरले १० मत ल्याएका थिए ।