कोहलपुर नगरपालिका अपडेट : कांग्रेसका उम्मेदवार आचार्यको अग्रता

कोहलपुर, शनिबारबाट जारी रहेको मतगणनामा कोहलपुर नगरपालिकामा अहिलेसम्म ८७७५ मतगणना हुदा नेपाली कांग्रेसका उम्मेदवार पुर्ण प्रसाद आचार्यले अग्रता लिएका छन।आचार्यले २८८४ मत प्राप्त गरिो अग्रता लिएका छन भने नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुसालले २३९४ मत, नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले २१५६ मत प्राप्त गरी उनिहरु विच अहिले प्रतिस्पर्धा जारीनै रहेको छ।

हालसम्म कोहलपुर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल र कोहलपुर १५ मा नेपाली कांग्रेसको पुरै प्यानलले विजय हासिले गरेको निर्वाचन अधिकृत तिर्थ राज भट्टले कुशे न्युजलाई जानकारी दिएका छन।