प्रधानध्यापक छोडेर वडाध्यक्षमा निर्वाचित

अछाम, अछामको कमलबजार नगरपालिका ६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका पुर्व प्रधानध्यापक लाल बहादर शाह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षमा उम्मेदवारी दिन करिब ३० बर्षको शिक्षण पेसाबाट राजिनामा दिएका शाह वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले हाल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राम बहादुर शाहलाई १ सय २२ मतान्तरको फरकमा पराजित गरेका हुन् । कांग्रेसका शाह यस अघिको कार्यकालका निर्वाचित वडाध्यक्ष समेत हुन् ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित बनेका लाल बहादुर शाहले ५८४ मत ल्याउदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर शाहले ४६२ मत ल्याएर पराजित भएका हुन् । यस अघी कांग्रेसको बलियो प्राभाव क्षेत्रको रुपमा रहेका स्थानमा यो पटक भने एमाले जित हात पारेको छ ।

कमलबजार नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले जितेको छ । नगरका १० वडा मध्यमा ७ वडामा नेकपा एमालेले जित हात पारेको छ । भने २ वडामा कांग्रेस सहित १ मा स्वतन्त्रले जितेको छ ।