कुशे ८ मा माओवादी केन्द्रका डिल्ली सिंहकाे प्यानल बिजयी

जाजरकोट, कुसे गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रका उम्मेदवार डिल्ली सिंहको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष सिंहले ५२३ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रोकाले ३५७ मत प्राप्त गरेर पराजित भएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार लाल सिंहले २ सय २१ मत प्राप्त गरेका छन् ।