कोहलपुर १५ मा कांग्रेसको पुरै प्यानल विजयी

कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. १५ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।नेपाली कांग्रेसका दिपेन्द्र कुमार चौधरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सन्त कुमार थारु, महिला सदस्यमा अनिता कुमारी बुढाक्षेत्री, दलित महिला सदस्यमा प्रिया बस्फोर सहित खुल्ला सदस्यको प्यानलले विजय हासिल गरेका छन ।

निर्वाचित चौधरीले ११९८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन थारुले ६५६ मत प्राप्त गरी पराजित भएका छन। अब केही बेरमा कोहलपुर २ को मतगणना सुरु हुने निर्वाचिन अधिकृत तिर्थ राज भट्टले कुशे न्युजलाई जानकारी दिएका छन् ।