कोहलपुर १५ को अपडेट : १८४१ मत गन्दा कसको कति भोट ?

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ। कोहलपुर नगरपालिका १५ मा १८४१ मतगणना हुँदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ ।

मेयर पदका उम्मेदवारहरुको कस्को कति मत ?

शनिवार बिहान बाट सुरु भएको मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेको १३७ मत, एमालेका उम्मेदवार खिल प्रसाद भुसालको ५३० मत, कांग्रेसका उम्मेदवार पुर्ण प्रसाद आचार्यको ९०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिप कुमार शाहको १०७ मत, जनता समाजवादी पार्टीका बुध बहादुर सुनारको ५ मत, जनमत पार्टी तर्फका विष्णु कुमार तमोलिको ३८ मत, राप्रपा नेपाल (तिर) तर्फकी लक्ष्मी कुमारी हमालले ९ मत प्राप्त गरेका छन।

थप मतगणना जारी रहेको निर्वाचन अधिकृत तिर्थ राज भट्टले कुशे न्युजलाई जानकारी दिए ।