कोहलपुर १ मा माओवादीको पुरै प्यानल विजयी

कोहलपुर, शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका वडा न. १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानलको विजय भएको छ ।नेकपा (माओवादी केन्द्र ) का बद्री प्रसाद जैशी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा बिन्दु कुमारी शाही, दलित महिला सदस्यमा सितली दमाई, खुल्ला सदस्यमा कबिराम पुलामी मगर र दोस्रो खुल्ला सदस्यमा गंग कामीले विजय हासिल गरेका छन ।

निर्वाचित वडाध्यक्ष जैशिले ७२४ मत प्राप्त गरि विजय हासिल गरेका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजेन्द्र बहादुर रेग्मिले ४८५ मत प्राप्त गरी पराजित भएका छन।