कोहलपुर नगरपालिका अपडेट : कस्को कति मत ?

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ । कोहलपुर नगरपालिका १ मा १००० मतगणना हुदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ ।शनिवार बिहान बाट सुरु भएको मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र ) बाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेको ४४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुसालको २७३ मत, नेपाली कांग्रेसका पुर्ण प्रसाद आचार्यले २३० मत, स्वतन्त्र तर्फका उम्मेदवार देवानन्द अर्यालले १ मत, राप्रपा नेपाल तर्फका लक्ष्मी कुमारी हमालले १ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिप कुमार शाहले ५ मत, राष्ट्रिय जनमोर्चा तर्फको भिम प्रसाद देवकोटाले १२ मत, जनता समाजवादी पार्टीका बुध बहादुर सुनारले २ मत प्राप्त गरेका छन।