कोहलपुर नगरपालिका अपडेट : गठबन्धनका उम्मेदवार न्यौपानेको अग्रता

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।कोहलपुर नगरपालिका १ मा ४०० मतगणना हुदा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले अग्रता लिएका छन ।

शनिवार बिहानबाट सुरु भएको मतगणनामा मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले २१७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

त्यस्तै एमाले तर्फका उम्मेदवार खिल प्रसाद भुसालले ९० मत, कांग्रेस तर्फका उम्मेदवार पुर्ण प्रसाद आचार्यले ७७ मत, स्वतन्त्र तर्फका उम्मेदवार देवानन्द अर्यालले १ मत, राप्रपा नेपाल तर्फका लक्ष्मी कुमारी हमालले १ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फका प्रदिप कुमार शाहले १ मत, राष्ट्रिय जनमोर्चा तर्फको भिम प्रसाद देवकोटाले ५ मत प्राप्त गरेका छन ।