वाइसियल काठमाडौँद्वारा २०७९ सालको क्यालेण्डर विमोचन

अध्यक्ष दाहलले गरे युवाहरुको प्रशंसा

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपाल काठमाडौँ महानगर समितिले २०७९ सालको क्यालेण्डर बिमोचन गरेको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले क्यालेण्डर विमोचन गरेको वाइसियल काठमाडौँले जनाएको छ ।

क्यालेण्डर बिमोचन गर्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले युवाहरुको र्सिजनात्मक कामको प्रशंसा गरेका थिए । क्यालेण्डर बिमोचन गर्दै अध्यक्ष प्रचण्डले युवाहरु बर्तमान परस्थीतिका बिम्बहरु भएको बताउदै अझै शसक्त भएर लाग्न निर्देशन समेत गरेका थिए ।

 

उक्त क्यालेन्डर युवाहरुको मनोभावनालाई सहयोग पुग्ने उद्देश्यका साथ तयार गरिएको काठमाडौँ महानगर समितिका संयोजक दिलिप सिंह ठकुरीले जानकारी दिए । संयोजक सिंहले अबका युवाहरु सिंजनात्मक बन्नुपर्ने बताए । क्यालेण्डरमा भ्यालीभित्रका बिभिन्न पर्यटकीय स्थलहरुलाई समेट्ने प्रयास गरिएको छ ।

क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।