समाचार लेखेको भन्दै पत्रकार कुलाललाई धम्की

काठमाडौं, समाचार लेखेको भन्दैँ पत्रकार रुपक कुलाललाई धम्कि दिइएको छ । डोल्पाका सांसद धनबहादुर बुढाले पत्रकार कुलाललाई धम्कि दिएका हुन् ।

अनर्गल प्रचार गरेको भन्दै सांसद बुढाले फोनबाट अपशब्द प्रयोग गरेको पत्रकार कुलालले बताए । केहिदिन अगाडि करिब ५ सय युवा सहित सांसद बुढा उपल्लो डोल्पा धो तराफ पुगेका थिए । सोही बिषयलाई कोट गर्दै पत्रकार कुलालले समाचार लेखेका थिए । समाचार लेखेकै कारण पत्रकारलाई धम्कि दिनु आपती जनक रहेको भन्दै बिभिन्न संघ संगठनले बिरोध जनाएका छन ।