मेयरका स्वतन्त्र उम्मेदवार अर्यालका जितेको पहिलो दिनमै गर्ने यी हुन् तिन प्रतिवद्धता

कोहलपुर, आसन्न हुने स्थानीय तहको निर्वाचन बैशाख ३० गते कोहलपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले मेयर भएको पहिलो दिनमा तिनवटा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।उनले सबैभन्दा पहिला १६ वर्ष मुनिका बालबालिकालाई नगरपालिका क्षेत्र भित्र कुनै पनि पसल वा होटेलमा रक्सी, चुरोट, गुट्खा किनबेच गर्न प्रतिबन्ध गर्ने बताए ।

यस्तै उनका अनुसार विद्यालयको हातादेखि २०० मिटर आसपासमा भट्टी पसल, चुरोट, सुर्तीजन्य पर्दाथ बेच्न रोक लगाइने बताए ।

साथै घर बनाउने ज्याला मजदुरी गर्ने कामदारलाई सामाजिक सुरक्षा अन्तर्गत दुर्घटना विमा गरिने र दुर्घटनामा परी अशक्त भएका मजदुरलाई घरमै प्रत्येक दिनको हिसाबले क्षतिपुर्ती उपलब्ध गराउने स्वतन्त्र उम्मेदवार अर्यालले मेयर भएको पहिलो दिनमा उक्त काम गर्ने प्रतिबद्धता जनाएका छन ।

यस्ता छन् प्रतिबद्धताहरु

१.शिक्षा
२. स्वास्थ्य
३. खानेपानी तथा सरसफाई
४.कृषि
५.सडक , ढल तथा विद्युत
६. प्रविधि , सञ्चार तथा मनोरञ्जन
७. युवा तथा खेलकुद
८. यातायात
९. उद्योग तथा व्यापार व्यवसाय
१०. पर्यटन
११. पुर्वाधार तथा विकास
१२. स्थानिय कला तथा संस्कृति
१३. रोजगार
१४. सुशासन तथा सार्वजनिक सम्पत्तीको सुरक्षा
१५. सामाजिक सुरक्षा