पञ्चदेवल विनायक- ४ को वडाध्यक्षमा शाहीको उम्मेदवारी

यस्ता छन् उनका प्रतिबद्धताहरु

अछाम, स्थानीय तहको निर्वाचनमा पञ्चदेवल नगरपालिका वडा-४ को वडाध्यक्षको लागी युवा नेता बखत बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

बौद्धिक तथा समाजसेवी नेताका रुपमा आफ्नो परिचालन बनाएका युवा नेता शाही नेकपा एमालेबाट वडाध्यक्षमा भिड्दै छन् । उनलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारका रुपमा सिपारिस गरे संगै स्थानीय राजनीतिमा नयाँ तरङ्ग शिर्जना भएको छ । उनि हाल पार्टीका नगर सचिब समेत हुन् ।

कांग्रेसको गड मानिने उक्त क्षेत्रमा बिगतका निर्वाचनहरुमा जहिल्यै नेकपा एमाले चुनावमा पराजित हुदैँ आएको थियो । वडाध्यक्षमा शाहीको उम्मेदवारीले कांग्रेसकल गढ मानिएको क्षेत्रमै यो पटकको स्थानीय चुनावमा उसको पल्लाभारी पढने आकलन जानकारहरुको छ ।

यसका साथै उनले उम्मेदवारी संगै आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । सात बुदामा रहेको युवा नेता शाहीको प्रतिबद्धता पत्रमा सरकारी रकमको सदुपयोग गरेर भ्रष्टचारमा सुन्यता ल्याउने, आफ्नो सन्तान तथा घरपरिवारका कुनै पनि सदस्यलाई बिकासका योजना तथा अन्य लाभका पद नदिने, जिते वा हारे जे सुकै भए पनि पुर्न नदोहोरिने देखी सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।

यस्ता छन् युवा नेता शाहीका प्रतिबद्धताहरु :

१. सरकारी तथा अन्य कुनै पनि सेवा सुविधाहरु लिनेछैन् ।

२. एक पदमा विजय वा पराजय जेभए पनि सोही पदमा फेरी दोहोरीने छैन् ।

३. आफ्ना सन्तान तथा घरपरिवारलाई बिकासका योजना तथा अन्य लाभका पद दिने छैन् ।

४. सरकारी रकमको सही सदुपयोग गरी भ्रष्टाचारमा सुन्यता ल्याउने र मबाट १(एक) रुपैयाँ पनि हिनामिना वा भ्रष्टाचार भएमा त्यो मेरा लागि जन्मदिने आमाको रगत खाय सरह हुनेछ ।

५. दलिय व्यवस्थामा राजनैतिक दल सङ्ग जोडिनु मेरो बाध्यता हो, तर मैले काम गर्दा दल भन्दा पहिले मेरो गाउँ, सर्वसाधारण जनता र यहाँको समस्या हुनेछ । त्यसपछि मात्रै मेरो दल र राजनैतिक वा अरु कुनै किसीमको विभेद नराखी गरीब तथा कम्जोर अवस्थाका मान्छेको जिवनस्तर उकास्न प्रयत्न गर्नेछु ।

६. मेरो ब्याक्तिगत सम्पुर्ण चुनावी खर्च यस गाउँको विकास र भलाईका निम्ति हुनेछ त्यो पैसा असुल गर्ने मेरो कुनै नियत रहने छैन् ।

७. विकासका योजनाको भरमा मान्छे किन्ने र राजनैतिक दललाई स्थापित गर्ने परिपाटीको अन्त्य गर्नेछु ।