नेकपाका नेता बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथी गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । सङ्गठनको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कन्चन’ र हेमन्त प्रकाश ओली ‘शुदर्शन’ माथिको कारबाही फिर्ता लिन आग्रह गरिएको छ ।

सङ्गगठनका केन्द्रीय महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा सल्लाह नगरी गुठगत र फुटगत मानसिकताबाट निकालिएको भन्दैँ विज्ञप्तिको विरोध गरोध गरेका छन् ।

‘सहिदहरुको सपना, पार्टी, आन्दोलन र क्रान्ति भन्दा ठुलो ठान्दैँ दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णय विपरीत लहसिएर पार्टी फुटाउन उद्दत भई महासचिव कमरेड विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय कमरेड धर्मेन्द्र बास्तोला र कमरेड हेमन्त प्रकाश ओली माथी गरिएको कथित जिम्मेवारी मुक्तको अन्यायपुर्ण र पुर्वाग्रही कार्वाहीले हामी स्तब्ध भएका छौं । उक्त कदम फिर्ता लिई सैद्धान्तिक, वैचारिक र राजनैतिक बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढ्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं । यसै विषयलाई समर्थन गर्दै हाम्रो संगठनका अध्यक्ष कमरेड प्रकाश शाहीद्वारा गुटगत र फुटबादी मानसिकताबाट सम्बन्धित कमिटिमा सल्लाह नै नगरी निकालिएको प्रेस विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै विज्ञप्तिमा ‘नेतृत्वको क्रान्तिकारी रुपान्तरण सहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने हाम्रो पवित्र उद्देश्य अझै जारी रहनेछ । पार्टी नेतृत्व रुपान्तरण भएर निर्मम र गम्भीर आत्मसमिक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीका बिचबाट फेरी पनि चुनौती मोल्दै क्रान्तिको झण्डा बोकेर संघर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन हाम्रो सङ्गठन सम्पुर्ण नेताकार्यकर्ता कमरेडहरु, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूमा हार्दिक आह्वान र अपिल गर्दछौं ।’

यस्तो छ विज्ञप्ती