चीनसँग कुनै सीमा विवाद छैन : परराष्ट्र मन्त्राल

काठमाडौं, परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा विवाद नभएको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी हुन्।

पत्रकार सम्मेलनका क्रममा लम्सालले दुई सातायता नेपालको परराष्ट्र मामिला सञ्चालनमा भएका गतिविधिबारे जानकारी दिएकी छिन्। उनका अनुसार हालसम्म दुई लाख ३० हजार पाँच सय २७ थान विद्युतीय राहदानी जारी भएको छ।