एशियन गेम्सका लागि संचालित बक्सिङ छटाैट खेलमा दिपेश र भुपेन्द्र बिजयी

ललितपुर । नेपाल बक्सिङ संघले सन् २०२२ को सेम्पेटबर १० देखि २५ तारिख सम्म मित्रराष्ट्र चीनमा हुन गईरहेको १९ औं एशियन गेम्समा सहभागी हुन गत १४ गतेबाट संचालित छनाैट प्रतियोगिताकाे आज दाेस्राे दिन काे  सेमिफाइनल खेलहरुमा महिला तर्फ ५१ केजी ताैल समुहमा नेपाल आर्मी  बि का खेलाडी ललिता महर्जनलाई नेपाल आर्मी ए का मिनु गुरुङले वाक ओभरकाे आधारमा ले जित हासिल गरिन । साेही ताैल समुहमा नेपाल प्रहरीका रिता धरलालाई एबिडिका आधारमा बागमती प्रदेशका खेलाडी सुस्मा तामाङले जितिन ।५७ केजी ताैल समुहमा नेपाल आर्मीका खेलाडी चन्द्रकला थापामगरलाई बागमती प्रदेशका खेलाडी हेमा राईले वाकओभरकाे आधारमा जित हासिल गरिन् । साेहि ताैल समुहमा नेपाल प्रहरी ए का खेलाडी निशा तामाङलाई नेपाल आर्मी बि का खेलाडी बिमला श्रेष्ठले ५:० अंककाे आधारमा जित हासिल गरिन् ।

६० केजी ताैल समुहमा बागमती प्रदेशका खेलाडी देचेन शेर्पाललाई सशस्त्र प्रहिरीका संगिता सुनुवारले वाकओभरकाे आधारमा जितिन् । साेही ताैल समुहमा नेपाल आर्मी ए का खेलाडी पुनम रावललाई नेपाल आर्मी बि का खेलाडीले वाकओभरकाे आधारमा जित हासिल गरिन् ।

पुरुष तर्फ ५२ केजि ताैलसमुहमा नेपाल आर्मीका खेलाडी प्रेम चाैधरीलाई बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले वाकभाेभरकाे आधारमा जित हासिल गरे । साेही ताैल समुहमा सशस्त्र प्रहिरीका प्रदिप महर्जनलाई नेपाल प्रहरी ए का खेलाडी चन्द्र बहादुर थापाले ४:१ अंककाे आधारमा जित हासिल गरे ।

५७ केजी ताैल समुहमा नेपाल आर्मीका खेलाडी ईन्द्र बहादुर सुनारलाई सशस्त्र प्रहिरीका खेलाडी पुरन राईले ५:० काे आधारमा जिते । साेही ताैल समुहमा नेपाल प्रहरी बि का खेलाडी शम्भु राजबंशीलाई बागमती प्रदेशका खेलाडी सुरज महर्जनले ५:० काे आधारमा जित हासिल गरे ।

६३ केजी ताैल समुहमा नेपाल आर्मी ए का खेलाडी लालुआले मगरलाई नेपाल प्रहरीका भुपेन्द्र थापामगरले ५:० अंककाे आधारमा जित हासिल गरे । साेही ताैल समुहमा बागमती प्रदेशका खेलाडी निसान दासलाई सशस्त्र प्रहिरी ए का खेलाडी साेनाम सार्कीले ४:१ अंककाे आधारमा जिते ।

७५ केजी ताैल समुहमा बागमती प्रदेशका खेलाडी साजन थिङ्ग तामाङलाई नेपाल आर्मी ए का खेलाडी दिपक श्रेष्ठले ५:० अंककाे आधारमा जित हासिल गरे ।साेही ताैल समुहमा बागमती प्रदेशका खेलाडी सनिल शाहीलाई नेपाल आर्मी बि का खेलाडी दिपेश लामाले ३:२ अंककाे आधारमा जित हासिल गरे ।

 बक्सिङ छनाैट प्रतियोगितामा प्रतियोगिता संयाेजक तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका बरिस्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर बिक, उप निर्देशक विष्णु बहादु सिंह, पाैडिका मुख्य प्रशिक्षक, तालिम तथा प्रशिक्षण विभागका अधिकृत, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, मान बहादुर भण्डारी, पुस्करराज पन्त, नेपाल आर्मीका मेजर सागर थापा लगायतका महानभावहरुकाे उपस्थिति रहेकाे थियाे ।