सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।

नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।