नेपालगन्ज उपमहानगरपालिका-२० को वडाध्यक्षमा बिसीको उम्मेदवारी

यस्ता छन् प्रतिबद्धताहरु

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-२० को वडाध्यक्षमा चक्र बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदको लागी युवा नेता बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।उनले आफ्नो प्रतिबद्धतामा निःशुल्क फिल्टर धारा बितरण गर्ने देखी जटिल प्रकृतिका शल्यक्रिया बाहेकको उपचार सेवा निशुल्क गर्ने प्रतिबद्धतारु सार्बजनिक गरेका छन् । एम्बुलेन्स सेवा निःशुल्क, वडामा प्रयोगशाला (त्याव) को स्थापना गरी प्रत्येक ६ महिनामा प्रत्येक नागरिकको स्वस्थ्य परिक्षण निःशुल्क र अनिवार्य, सामुदायिक स्कुलमा प्राथमीक उपचार कक्ष र एकजना स्टाफ नर्सको व्यवस्था, खेलकुद प्रशिक्षकको व्यवस्था. खेल मैदानहरु, चिल्ड्रेन पार्क, पिकनिक पार्क, मर्निङ वाक जोन र सार्वजनिक शौचालयहरु निर्माण गरिने उनको प्रतिबद्धता उल्लेख छ ।

त्यस्तै निःशुल्क शिक्षा, फोहर मैलाको वैज्ञानिक व्यवस्थापन, प्रदूषण मुक्त गाउँ शहर, पर्यटकीय स्थलहरु निर्माण, गाउँ टोलमा उत्पादन र उद्यमशिलतालाई बढावा दिई रोजगारी सृजना, लागू औषध र दुव्यंसनीमा फसेका युवाहरुलाई पुर्नस्थापना, भूमिहीन सुकुम्बासीलाई घर बासको व्यवस्था, ऐलानी जग्गा भोगचलनको आधारमा भोगचलन प्रमाण पत्र वितरण,कृषिमा सहुलीयत ऋण, अनुदान, तालीम, प्रशिक्षण र प्राविधिक जनशक्तीलाई आवश्यक सहुलियतको व्यवस्था, कृषि बजार र कोल्ड स्टोर हाउस (घर) निर्माण, मलखाद, बीउ विजनको सहज उपलब्धता, खाद्यान्न बैंक र सबैखाले राहत उद्दार (साझा) घर निर्माण, निश्चित मापदण्ड बनाई बिजुली र इन्टरनेट सेवा सेवा निःशुल्क, एयरपोर्ट क्षेत्रमा जनता पाहुना घर निर्माण गरी एकदम सस्तोमा खाना र बस्नको व्यवस्था, अपाङ्ग मैत्री कार्यक्रमहरु गरिने बताए ।

साथै दीर्घरोगी, वय वृद र बेरोजगार युवा मैत्री कार्यक्रम ल्याइने, विभिन्न व्यवस्थापन समिती, वन समितीहरुमा हुने राजनितिकरणको पूर्ण रुपमा अन्त्य गर्ने, सबैखाले विकास र योजना तर्जुमा गर्दा सार्वजनिक सुनुवाई, नागरिक सुनवाई मार्फत गरिने, प्रशासनिक सेवा छिटो छरितो झन्जटिलो रहित बनाइने, भ्रष्टचार मुक्त वडा घोषणा गरी आवश्यक काम कार्बाही अगाडी बढाइने लगायतका प्रतिबद्धताहरु सार्बजनिक गरेका छन्।

युवाहरुमा बौद्धिक तथा समाजसेवी छबी बनाएका युवा नेता बिसीले वडाध्यक्षमा उम्मेदवारी गराउदैँ ३८ बुदे प्रतिबद्धताहरु समेत सार्बजानिक गरे संगैँ तरङ्ग शिर्जना भएको छ । उनको उम्मेदवारीले यो भन्दा पहिले जितेको नेकपा एमालेलाई यो पटकको चुनाव जित्न निक्कै सकस पर्ने देखिन्छ । नेकपा एमालेले भने यो भन्दा वडाध्यक्ष जितेर पाँच बर्षे कार्यकाल चलाईसकेका कृष्ण कार्कीलाई नै दोहोर्‍याएको छ । उनको यस अघिको कार्यकल बिबादित रहेकोले पनी स्वतन्त्र उम्मेदवारका रुपमा आएका बिसीले चुनाव जित्ने बलियो सम्भावना रहेको आकलन गरिएको छ । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राप्रपा लगायतका राजनीतिक दलहरुको पनि आक्रामक रुपमा आफ्ना चुनावी कार्यक्रम अगाडी बढाएकोले यो पटकको स्थानिय चुनाव रोमाञ्चक हुने स्थानियको आकलन छ ।

यस्ता छन प्रतिबद्धताहरु