प्रधानाध्यापकबाट राजिनामा दिएर वडाध्यक्षमा उम्मेदवारी

अछाम, अछामको कमलबजार-६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका प्रधानध्यापक लाल बहादर शाहले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षको लागी प्रधानध्यापकबाट राजिनामा दिएर मंगलबार उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

करिब तिन दशक लामो शिक्षक पेसाबाट राजिनामा दिएका शाह हुन् । उनले नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराए संगैँ स्थानीय राजनीतिमा तरङ्गित बनेको छ । बिगतमा कांग्रेसको गढको रुपमा परिचत स्थानमा बौद्धिक तथा समाजसेवी पहिचान बनाएका शाहको उम्ममेदवारी संगैँ स्थानीय राजनीतिमा एक खालको हलचल पैदा भएको छ । यसबाट बिगतमा एक कार्यकाल वडाध्यक्ष जितेर सत्ता चलाईसकेको कांग्रेसलाई यो पटकको निर्वाचन जित्न ठुलै सकस पर्ने देखिएको छ ।

करिब ३० बर्ष लामो शैक्षिक तथा सामाजिक क्षेत्रको अनुभव संगालेर नै वडाध्यक्षमा आफुले उम्मेदवारी दिएको शाहले बताए । उनले लामो समय आफुले शैक्षिक क्षेत्रमा रहेर सेवा गरेकोले आगामी दिनमा पनि विरपथका जनता सग प्रत्यक्ष जोडिएर समाज सेवा गर्नको लागी जनचाहाना अनुसार आफुले उम्मेदवारी दिएकोले आफुले उम्मेदवार दिएको उनले बताए ।