स्थानीय तह निर्वाचनमा ५,८९५ जनाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।गाउँपालिका अध्यक्षमा ७२० र उपाध्यक्षमा २५४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।